लिभरपुलको लगातार दोस्रो हार : चेल्सीसँग २-० ले पराजित

फागुन २१, काठमाडौं । एफए कप अन्तर्गत लिभरपुललाई पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २-० गोल अन्तरले हराएको हो । 

चेल्सीको जितमा विलियन र रोज बार्कलीले एक एक गोल गरेका थिए । यस सिजनमै गत शनिबार प्रिमियर लिगमा वाटफोर्डबाट पराजित भएको लिभरपुलको यो लगातार दोस्रो हार हो । 

लिभरपुल एफए कपमा पछिल्ला पाँच सिजनमा तेस्रो पटक पाँचौ राउण्डबाट बाहिरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले स्पेनिस महारथी एट्लेटिको मड्रिडसंग खेल्दैछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =