छुरा प्रहारबाट घाइते युवककाे ज्यान गयो, दुई जना पक्राउ

काठमाडाैं । काठमाडाैंकाे तीनकुनेमा दिउँसाे भएकाे छुरा प्रहारबाट घाइते भएका एक युवककाे उपचारकाे क्रममा ज्यान गएकाे छ। 

मृत्यु हुनेमा मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बु रहेका प्रहरीले जनाएकाे छ।दिउँसाे तीनकुनेकाे गैरी गाउँमा दुई युवामाथि छुरा प्रयाेग भएकाे थियाे। 

अर्का घाइते अनिल श्रेष्ठकाे वीर अस्पतालमा उपचार भइरहेकाे महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले  जनाएकाे छ। 

null

छुरा प्रहार गरी हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं टोखाका महेश परियार र हेटौंडाका मनिष बानियाँलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =