प्रदर्शनमा नआउँदै ‘प्रेमलीला’मा लफडा: दिपशिखाले भनिन्, ‘निर्देशक भागे’

माघ १०, काठमाडौँ । चलचित्र ‘प्रेमलीला’ की नायिका दिपशिखा खड्काले निर्देशक जनक पाण्डेलाई आर्थिक हिनामिना गरेको आरोप लगाएकी छिन् ।
नायिका खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चलचित्रमा गरेको लगानी हिसाब किताब हिनामिना गरेको आरोप लगाएकी हुन् ।
null
‘शुटिङको क्रममा एक रुपैयाँ पनि निकाल्न नसकेर उल्टै म बाट लिएको पैसाको पनि हिसाब–किताब देखाउन नसकी भागेको हो । मैँले बारम्बार फोन सम्पर्क गरेँ फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछि रिसले गाली गरेर म्यासेज गरे,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘पुलिस केस गर्ने धम्की दिए तर पनि केहि सिप लागेन ।’
फिल्ममा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय रहेको छ। प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकी हुन् । फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । प्रेमलीला फागुन १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।








