ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु
२०७५ पुस ६ गते

पुस ६, उर्लाबारी । मोरङको विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोसी राजमार्गमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नं. को तेल टयाङ्करले ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार महिलाको मृत्यु भएको हो ।
बिहीबार साँझ भएको उक्त दुर्घटनामा मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
null
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय मनोज कार्की गम्भीर भएकाले उनकाे स्थानीय हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक हिमा मनोजकी श्रीमती हुन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७५ पुस ६ गते
प्रतिक्रिया








