नायिका प्रियंका कार्की फागुनमा बिवाह गर्दै

माघ १७, काठमाडौँ । केही समय अघी थाइल्याण्डमा  ब्याचलर पार्टी दिएकी चर्चित नायिका प्रियंका कार्कीले फागुनमा बिहे गर्ने पक्का भएको छ ।   

उनले प्रेमी तथा नायक आयुष्मान देशराज जोशीसँग बिवाह गर्न लागेकी हुन् ।   प्रियंकाले आयुष्मानसँगको बिगत २ वर्षको प्रेमसम्बन्धलाई बल्ल बिवाहको नाम दिन लागेकी हुन् ।   

यस भन्दा अघी नै  आयुष्मानसँग प्रियंकाको बिवाहको हल्ला चलेपनी उनीहरुले बिवाहको मिति भने सार्दै आईरहेका थिए । यसरी उनीहरुले बिवाहको मिति सरिरहँदा  धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत गरिरहेका थिए । 

Image may contain: 1 person, smiling, shoes and outdoor, possible text that says 'ess'

उनका एक नजिकका साथीका अनुसार उनीहरुले फागुन १७ गते विवाह गर्न लागेका छन् । अहिले प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् ।  चलचित्र  ‘कथा काठमाण्डु’को सेटबाट प्रेमकाे टुसा पलाएको यो जोडीले पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् ।   

बिवाहको बारेमा नायिका कार्कीले आफैले पनी फागुन महिनामा पक्का भएको जानकारी दिएकी छिन् । तर  मिति फाइनल नभईसकेको बताउँदै उनले  भनिन् ‘फागुन १७ गते राम्रो दिन छ, शायद यही दिनमा नै हुन सक्छ ‘।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =