बालिका बलात्कार गरेको डेढ घण्टामै अभियुक्त प्रहरीको नियन्त्रणमा

चितवन, २६ माघ । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकामाथि बिभत्स बलात्कार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।  

चितवन रत्ननगर प्रहरीले बलात्कारमा संलग्न दुईलाई घट्ना घटेको डेढ घण्टामै पक्राउ गर्न सफल भएको हो । 

ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी डिएन ज्ञवालीको सक्रियतामा बारा जिल्ला घर भइ लेबर काम गर्दै आएका अजयकुमार र गंगा चौधरी लाई घट्ना घटेको केही बेरमै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।  

null

 

उनीहरुले बालिकालाई ललाइफकाइ बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको छ । रत्ननगरका डिएसपी ज्ञवालीका अनुसार अस्मिता (नाम परिर्वन) एक बालिकालाई मदिरा सेवन गरेका दुई युवाले पालैपालो बलात्कार गरी भागेका थिए ।  

बलात्कार गरेर फरार भएको सूचना पाएलगत्तै तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर अभियुक्तलाई शुक्रबार राति नै पक्राउ गरिएको हो । 

बलात्कार र हत्यामा संलग्नको पहिचान र नियन्त्रणका लागि यसपटक हामीले चालेको कदम सहि भयो, घटना घटेको डेढ घण्टामै उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौं’ प्रनानि सिंखडाले भने ।  

घटना अपरान्ह चार बजे भएको थियो । पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको डेढ घण्टाभित्र बलात्कारमा संलग्नहरुलाई पक्राउ गरिएको थियो ।  

बलात्कृत बालिकाकी आमाका अनुसार ती युवाहरु एउटै घरमा भाडामा बस्दै आएका थिए । पिडितकी आमाले दोषीलाई हदैसम्मको कारबाहीको माग गरिन् । यो वर्ष रत्ननगरमा बलात्कारका घटनामा वृद्धि हुँदै गएको छ । जसमध्ये सात जनालाई कारबाही गरिसकेको प्रहरीको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =