सुनिताले दिलाईन् नेपाललाई अर्काे स्वर्ण पदक

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत कराँतेमा नेपालले थप स्वर्ण पदक हात पारेको छ । मंगलबार सातदोबाटोसिथत कराँते हलमा भएको फाइनलमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । 

बंगलादेशकी कुल्मसोमलाई हराउँदै उनले स्वर्ण जितेकी हुन् । 

सुनिताले ८ अंक जोड्दा कुल्मसोमले दुई अंक जोडिन् । सुनिता बंगलादेशकी मोरेम खातुनलाई हराइँदै फाइनलमा पुगेकी थिइन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =