भारतबाट एक सयको उद्दार

अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका एक सयभन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ ।
उनीहरुलाई अवैध रुपमा लैजान खोज्ने दुईजना नेपाली पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ रहेको इण्डियन एक्सप्रेसले जनाएको छ ।
इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्दार गरिएको हो । उनीहरुलाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको आशंका गरिएको छ ।
null
७० भन्दा बढी नेपाली महिलालाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिएको थियो ।
त्यसआधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । उद्दार गरिएमा महिलाहरुमा १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ ।








