नेपालयलाई लिबर्टी कप

माघ २९, काठमाडौं । नेपालयले दोश्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालय ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । 

लिबर्टी स्कुलको आयोजनामा अत्तरखेलस्थित शिवपुरी खेल मैदानमा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाललयले भेनस पब्लिकलाई २–१ गोलले पराजित ग¥यो । नेपालका सरोज कार्की र पासाङ थिङले गोल गरे । भेनसका आयुश मगरले १ गोल फर्काए । 

गल्र्सको उपाधि भिडन्तमा नेपालयले गोकर्ण लाइटलाई १–० गोलले हरायो । एलिसा तामाङले निर्णायक गोल गरिन् । 

1.jpg

ब्वाइजमा जीवन ताराले आयोजक लिबर्टीलाई ५–१ ले पन्छ्याउदै तेश्रो भयो । गल्र्सतर्फ तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लिबर्टीले जीवन तारालाई ५–१ गोलले निराश पा¥यो । ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । 

ब्वाइजमा मनीष मगर तथा गल्र्समा एलिसा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टद्वय नेपालयका हुन् । ब्वाइजमा सहयोगी तथा गल्र्समा छहारीले अनुशासित टिमको उपाधि हात पारे । 

विजेतालाई सांसद् कृष्णबहादुर राई, लिबर्टीका प्रिन्सिपल ओमप्रसाद ढकाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगिताको ब्वाइजमा २७ र गल्र्समा १४ टिमले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =