महिलाहरुले हिंसा र विभेदमा बाँचिरहनुपरेको छ : मुख्यमन्त्री राई

फागुन २५, विराटनगर । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले महिलाहरुले हिंसा र विभेदमा बाँचिरहनुपरेका बताएका छन् । ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि महिलाहरुले माथि उठेर काम गर्न नसकेका कारण हिंसा र विभेदमा बाँचिरहनुपरेको बताए ।
उनले महिला मााथि हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्ने बताउँदै महिलाहरुलाई प्राथमिकतामा राखेर अवसर दिनु पर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै डा. सरोज विशालले कोरोना भाइरसको जोखिम तथा रोकथामको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
सोही अवसरमा १५ जना श्रमिक महिलाहरुलाई सम्मानसमेत गरिएको थियो ।
सरसफाई, कृषि, औद्योगिक, निमार्ण, चिया क्षेत्रसँग सम्बन्धित श्रमिक महिलाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा यमकला मग्राती, खेदनी देवी महतो, हर्कमाया सार्की, निर्मला थापा, कागती रिसिदेव सदा, कमला शर्मा (बढी), सिता देवी डोम, अञ्जना कोजिज्यू (श्रेष्ठ), सृजना उराउ, वविता विष्ट, दुलारी देवी सेवरीया, दुश्यत देवी रिसिदेव, सुमि हेमरम (सतार), निर्मला डंगोल र अम्बिका अधिकारी लगायतका श्रमिक महिलाहरु सम्मानित भएका छन् ।
श्रमिक महिलाहरुलाई ५ हजार नगद र दोसल्लासहित सम्मान गरिएको थियो ।








