हामीलाई हिलो र धुलोबाट मुक्त भएर हिँड्न देऊ सरकार

भदौ ७, काठमाडौँ । कागेश्वरी–मनहरा र शंखरापुर नगरपालिका देशकै राजधानी काठमाडौंभित्रै पर्छ । राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ । 

यस्तो लाग्नु स्वाभाविक नै हो । तर, यथार्थमा यस्तो छैन । शंखरापुरको साँखु चावाहिलबाट मात्रै सोढ १२ किलोमिटर पर्छ । दूरीका हिसाबले यसलाई खासै टाडा मान्न सकिँदैन । तर, त्यहाँ पुग्न घण्टौँ लाग्छ । त्यो पनि सडकको धुलो र जाम त सामान्यजस्तै भएको छ । 

‘हामीलाई कहिलेसम्म सास्ती दिने ?’, साँखुका स्थानीय रोशन आचार्यले भने, ‘काठमाडौंकै ठाउँमा पनि यातायात जाँदैन भन्नु त लाजै लाग्ने भयो । यो ठाउँ त बत्तिमुनिको अँध्यारो जस्तै छ ।’ 

null

स्थानीयले साँखुलाई काठमाडौँ भन्न पनि लाज लाग्न थालेको बताए । ‘हामीले तिरेको कर कहाँ जान्छ सरकार ? हामीलाई हिलो र धुलोबाट मुक्त भएर हिँड्न देऊ’, स्थानीय मिलन खड्काले भने, ‘यो देशकै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो । तर, यहाँको अवस्था यस्तो छ । के यो काठमाडौं भन्न लाइकको छ त ?’ 

सडक खण्ड पाँचवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको छ । यो सडक निर्माणको जिम्मेवारी युनाइटेड बिल्डर्स, वज्रगुरु, च्याङमिला, खानी, बिरुवा, बिटी, सुनकोसी, वल्डवाइड, लामा, समानान्तरले लिएका छन् । 

०७२ असोज १३ गते लागेको ठेक्काको म्याद दुई पटक थप भइसकेको छ । आयोजनाले अहिलेसम्म ५१ प्रतिशत मात्रै भौतिक प्रगति भएको जनाएको छ । एक अर्ब ७३ करोड ५४ लाख १५ हजार रुपैयाँमा ठेक्का लगाइएकोमा ९५ करोड ४६ लाख ८६ हजार रुपैयाँ ठेकेदारले प्राप्त गरेका छन् । शुक्रबार सडकको अनुगमनका लागि गएको विकास तथा प्रविधि समितिको टोलीसँग स्थानीयले सरकारको बेवास्ताका कारण सडक बन्न नसकेको भन्दै आक्रोश पोखे । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा होटल हायतसम्म पिच भयो । तर, उनी गएको एक हप्तामै उप्कियो’, चुचेपाटीका स्थानीय विजयसागर महर्जनले भने, ‘यो त काठमाडौंको मुटु हो । हुम्ला–जुम्ला त हैन नि ! सांसद आए पनि यहाँ हुने केही छन । यस्ता अनुगमन त कति आए कति ।’ 

‘हामीलाई जनताले मार्नै लागे’ 

स्थानीय तहले जनप्रतिनिधिले आफूहरूले जनताको दैनिक गुनासो सुन्नुपरेको भन्दै दुखेसो गरे । एकीकृत ढंगबाट काम नगर्दा समस्या देखिएको शंखापुर नगर प्रमुख सुवर्ण श्रेष्ठको आरोप छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =