एम्बाप्पे चम्किदा पीएसजीको शानदार जित
२०७६ फागुन १८ गते

फागुन १८, काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले डिजोनमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले डिजोनमाथि ४-० को जित हासिल गरेको हो ।
केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले शानदार जित आत्मसाथ गरेको हो । जितमा एम्बाप्पेले दुई गोल गरे भने पाब्लो सार्बिया र माउरो इकार्डीले एक एक गोल गरेका थिए ।
जितसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ । पीएसजीले ६८ अंक जोडेको छ । पछिल्लो हारले डिजोनको रेलिगेशन पिडा थप बल्झिएको छ । डिजोन २७ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

२०७६ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








