पौडीमा नेपाललाई पहिलो स्वर्ण

मंसिर १९, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीबाट नेपालले अर्को स्वर्ण जोडेको छ । पौडिबाज गौरिका सिंहले पौडिमा नेपाललाई स्वर्ण दिलाएकी हुन् ।   

बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् । 

१२ औं सागमा उनले एक रजत र तीन कास्य पदक जितेकी थिइन् । यो व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो । 

 गौरिकालाई पौडीमा स्वर्ण

यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =