तिहारअघि घरमा यी चिज ल्याए धनकाे कहिल्यै अभाव नहुने

कार्तिक ७ ।  तिहार हिन्दू धर्मको दोश्रो ठुलो महान चाड हो । यस पटकको तिहार कार्तिक ९ गतेबाट सुरु भई कार्तिक १२ गते सकिनेछ । तिहारमा विशेषतः लक्ष्मी र गणेशको पुजाआराधना गरिन्छ । 

 लक्ष्मीको पुजा अर्चना गर्नाले घरमा सुख, समृद्धि तथा धन आउने विश्वास गरिन्छ भने गणेशको पुजा गरेमा घरमा आउने संकट तथा बिघ्न हटेर जाने गर्दछ। यसका साथै तिहारमा बस्तुलाई घरमा भित्राएमा लाभ प्राप्त हुनेछ: 

– श्रीयंत्र 

Image result for laxmi goad

देवी लक्ष्मीको कृपा पाउन घरमा श्रीयंत्रको तिहार अघि स्थापना गरी नियमित पूजा गरेमा यसले धनयोग बनाउँदछ । श्रीयंत्रमा देवी लक्ष्मीको अलाबा ३३ अन्य देवी देवाताको चित्र अंकित हुन्छ यसले घरमा रोकिएको धन ल्याउन मद्दत गर्छ । 

-मोती शंख 

तिहार अघि मोती शंख घरमा ल्याई यसलाई विधिविधान पूर्वक पूजा गरी दराजमा राखेमा यसले तुरुन्त धन भित्र्याउने धार्मिक विश्वास छ । मोती शंख राख्दा घरमा धन टिक्ने र आम्दानि समेत बढाउने गर्दछ । 

-लक्ष्मी कौडा 

धन आर्कषित गर्न लक्ष्मी कौडामा स्वभाविक गुण रहने भएकाले यसले अनावश्यक रुपमा बाहिरीने धन समेत खर्च हुनबाट बचाउछ । अपत्यारीलो स्थानबाट समेत धन योग बनाउने गर्दछ । 

-आकको जरा 

शुक्रवारको दिन पारेर विधिविधान पुर्वक सेतो आकको जरा पूजा गरी घर भित्र्याएमा यसले धनयोग बनाउने गर्दछ । यसरी भित्र्याइएको आकको जरा पुजा पछि धन राख्ने दराज वा बकशमा राख्नाले यसले तत्काल धन ल्याउने विश्वास गरिन्छ । 

– कमल गट्टा 

देवी लक्ष्मीलाई कमल फुल मनपर्ने भएकाले यसको बिउबाट निर्मित माला लक्ष्मीको प्रतिमामा लगाई पुजा गरेमा असम्भव स्थानबाट पनि सजिलै धन प्राप्तिको योग बन्ने धार्मिक विश्वास छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =