एघारौं आ.टि.एफ तेक्वान्दो सुरु

फागुन १० काभ्रे । काभ्रेको बनेपा स्थित लायकु क्लबमा फल्गुन  १० गते ११ औँ राष्ट्रि«य तेक्वान्दोको समुद्घाटन समारोहको उद्घाटन भएको छ ।   

कार्यक्रमको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले गरेका थिए ।   

दुई दिने प्रतियोगितामा आजको उद्घाटनपछि सुरु भएको खेलमा दुईवटा स्वर्ण पदकको नतिजा आएकोमा पुरुष तर्फको १५–२० के जी तौल समूहमा निरञ्जन घिसिङ प्रदेश ३ प्रथम भएका थिए भने मौसम बि.क प्रदेश नं ५ ले रजत पदक प्राप्त गरे भने कास्यमा भइपेन्द्र राई आयोजकले प्राप्त गरेका छन् ।   

itf taekwondo.JPG

त्यस्तैगरी महिलातपर्m भने प्रदेश नं ५ को श्रेया थापाले ३०–३५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएकी छिन् भने आयोजकको तर्फबाट रञ्जना मण्डनले रजत पदक हात पारेकी थिइन् । तथा कास्य पदक भने प्रदेश नं १ की शोभा राईले हात पारेकी छिन् ।   

कार्यक्रममा महासंघका पदाधिकारी, समाजसेवी, राजनीतिज्ञ, बुद्धिजीवि, पत्रकार तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिएका छन् । कार्यक्रम भोलि १२ गते सम्म सुचारु हुने जानकारी आयोजक कमिटीका मुख्य संयोजक श्री राजमन्दिर श्रेष्ठले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =