उपसभामुख शिवमाया राजीनामा दिने तयारीमा

माघ ५, काठमाडौँ । आईतबार  उपसभामुख शिवामाया तुम्वाहाङ्फे प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछी बालुवाटार पुगेकी हुन् ।   

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान सभामुखमा सहमति भएपछि उपसभामुख  शिवामायालाई बालुवाटार बोलाईएको हो ।   

नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा आफ्नो पदबाट राजिनामा दिन ढिलाई गर्दै आईरहेकी  उपसभामुख शिवमायाले सभामुखको टुङ्गो लागेपछी अब राजिनामा समेत दिने भएकी छिन् ।   

Related image

बालुवाटारमा  प्रधानमन्त्रीसँग आफ्नो राजीनामाबारे छलफल र आफूले राजीनामा दिएपछि संसद सञ्चालनबारे कुराकानी गर्ने उच्च स्रोतले बताएको छ ।   

आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन सहमत भएका छन्।   

सोमबार बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदको जेष्ठ सदस्यलाई उपसभामुख शिवमायाले राजीनामा बुझाउने तयारी गरेकी छन्।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =