झापामा दुई मोटरसाइकल एकआपसमा ठोकियो: एकको मृत्यु, तीन घाइते

दमक । झापाको दमक नगरपालिका–४ स्थित कृष्णमन्दिरमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । धरानबाट दमकतर्फ आउँदै गरेको मे३प १८३२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको को ३० प ७७०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घटना सोमबार बेलुका ८ः३५ मा घटेका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ का ४० वर्षीय पुरन कुमार राई रहेका छन् । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीकाअनुसार घाइते मध्ये २ जनाको अवस्था गंभीर रहेको छ । गम्भीर घाइते हुनेमा पाँचथर फाल्गुनन्द नगरपालिका–३ का ३० वर्षीय रमेशहाङ तुम्बाम्फो र नाम, ठेगाना नखुलेका साँइला भनिने अन्दाजी ४० वर्षका एक व्यक्ति रहेका छन् ।
null
दमक–१० का २५ वर्षीय सुजन धिमाल भने सामान्य घाइते छन् । घाइते तीनै जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । धरानबाट दमक तर्फ आउँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तिर जाँदै गरेको को ३० प ७७०० नम्बरको मोटरसाईकल राती ८ः३५ मा एक आपसमा ठोक्किएका थिए ।








