आज शेयरको कारोबार स्थगित

 

चैत्र १३,काठमाडौँ ।  प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । 

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उनले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिए । 

null

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिए । उनले पनि सफ्टवेयरका कारण कारोवारमा उल्झन देखिएको गुनासो गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =