पिएसएलको डेब्यू खेलमै सन्दीपले लिए तीन विकेट, क्वालान्डर्स विजयी

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) को पहिलो खेलमै तीन विकेट लिएका छन् । 

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आज भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् । 

पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओभरमा उनले लगातार विकेट लिन सफल भए । दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए । 

null

त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले सोयव मलिकको विकेट लिन सफल भए। तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए। 

यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो। सन्दीपले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे । 

त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए । आन्द्रे रसेल वेस्टइन्डिजका विश्वचर्चित खेलाडी हुन् भने सोएब मलिक पाकिस्तानका चर्चित खेलाडी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =