प्रदेश ३ सरकारले १२ वटा ब्रुमर उपलब्ध गराउने

 

असार १६, काठमाडौं । काठमाडौं उपत्यकाको सरसफाईलाई ध्यानमा राख्दै प्रदेश ३ सरकारले धुलो उठाउने १२ वटा ब्रुमर उपलब्ध गराउने भएको छ । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकामा १२ वटा ब्रमुर उपलब्ध गराउने घोषणा गरेका हुन् । 

null

उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशे पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी गराए । 

प्रदेश ३ सरकारले उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि पनि ३० करोड रुपैयाँ साझालालई हस्तान्तरण गरेको थियो । 

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने कामलाई अघि बढाइएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =