ढुंगा प्रहार गरी बृद्धको हत्या गर्ने पक्राउ
२०७६ पुस ८ गते

पुस ८, गुल्मी । गुल्मीमा ढुंगा प्रहार गरी ७२ वर्षीय वृद्धको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका वडा नम्बर–८ बस्ने २० वर्षीय सन्तोष घर्ती रहेको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा पक्राउ परेका धर्तीले आपसी बिवाद हुँदा चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाए ।
प्रहरीका अनुसार मृतक भण्डारीको शव पुस ५ गते उनकै गोठमा फेला परेको थियो । उक्त गोठमा दुई जना सँगै बसेको हुनाले प्रहरीकाे शंकाको घेरमा घर्ती परेका थिए । प्रहरीका अनुसार उनलाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा सो वास्तवीकता खुल्न आएको हाे ।

गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार हाल घर्तीमाथी म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








