१० वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुवा पक्राउ, एक अझै फरार

माघ २४, काठमाडौँ । १० वर्षीया नातिनी बलात्कार गरेको आरोपमा ६८ वर्षीय हजुरबुवा पक्राउ परेका छन् । 

उदयपुरको चादन्डीगढी नगरपालिका–२ कामीटारका ६८ वर्षीय गोपीलाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्का अभियुक्त हजुरबुवा ५५ वर्षीया कमल परियार भने फरार छन् । 

माघ १३ गते बालिकालाई नातामा हजुरबुवा पर्ने ५५ वर्षीय कमल परियारले ‘केही दिनको लागि नातिनीलाई मेरो घर लान्छुु’ भनि लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

null

बालिकाकी मावली पट्टीको हजुरआमाले बुधबार इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा गोपीलाललाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =