युवा स्वागत विक्रम ‘मल्टि ट्यालेन्ट–२०१९’ द्वारा सम्मानीत

पुस ७, काठमाडौं । ड्रिम सर्च एजेन्सीले १३ वर्षीय स्वागतविक्रम मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९’ले सम्मान गरेको छ । युवा व्यक्तित्व मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९’ले सम्मान गरिएको हो ।   

गत शनिबार बालुवाटारमा आयोजित विशेष समारोहमा एजेन्सीका संस्थापक कमल निकोन क्षेत्रीले किड्स एन्ड टिन्स एच एन्ड एम फेसन रनवे २०१९ मा मल्ललाई उक्त सम्मान प्रदान गरेका थिए । 

डोटी स्थायी घर भई हाल काठमाडौंको सीतापाइला बस्दै आएका मल्ल एलआरआई स्कुल कलंकीमा ८ कक्षामा अध्ययनरत छन् । संगीत र मोडलिङमा विशेष झुकाव राख्ने मल्लले थाइल्याण्ड र कोरियामा समेत नेपालको तर्फबाट सहभागिता जनाइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =