लाइफ इन्स्योरेन्स कर्पोरेशनले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने
२०७६ साउन २६ गते

साउन २६, काठमाडौँ । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको आफ्नो १७ औँ वार्षिक साधारण सभामा सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जानकारी दिएकाे हाे ।
null
एलआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मीप्रसाद दासले साधारण सभामा भने ‘अहिले हाम्रो व्यापारिक अवस्था राम्रो भइरहेको छ, सोही कारण सेयरधनी लगानीकर्ताहरु ढुक्क हुनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’
एलआईसी इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५ र ७६ को नाफाबाट सेयरधनीलाई ३४.४६ प्रतिशत बोनश सेयर तथा ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको हो ।
२०७६ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








