प्रधानमन्त्री ओली एक साता अस्पतालमै रहने

फागुन २२, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली एक सातासम्म अस्पतालमै रहने भएका छन् । प्रधानमन्त्री ओलीलाई चार दिनमा डिस्चार्ज गर्नसकिने भएपनि संक्रमणको जोखिमबाट बचाउन अब एक साता अस्पतालमै राखिने भएको हो ।
बुधबार त्रि वि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले खतरामुक्त रहेको छ । तर अझै संक्रमणको जोखिम रहने भएकाले एक हप्तासम्म अस्पतालमै राखिने डा. दिव्या सिंहले जानकारी दिइन् ।
डा. सिंहका अनुसार, प्रधानमन्त्रीले एकसाता पछि बालुवाटार फर्किएर मिटिङहरु राख्न सक्ने छन् । तर एक महिनासम्म बाहिरका कार्यक्रममा भने सहभागी हुन सक्ने छैनन ।

प्रधानमन्त्रीलाई एक महिनासम्म कडा डोजको अवस्था चलाइनुका साथै आनपिनमा पनि ध्यान दिनुपर्ने साथै इन्फेक्सनबाट जोगिनुपर्ने बताइएको छ ।
प्रधानमन्त्रीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।








