आज बुधबार, यस्तो छ तपाईको भाग्य ?

आजको- पञ्चाङ्गवि.सं. २०७६ असार ४, बुधबार, इ.स. २०१९ जुन १९, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, द्वितीया, १४:४८ उप्रान्त तृतीया, नक्षत्र– पूर्वाषाढा, १३:२५ बजेउप्रान्त उत्तराषाढा,योग– ब्रह्म, १९:२२ बजेउप्रान्त ऐन्द्र,करण– गर, १४:४८ बजेदेखि वणिज, २७:२१ बजेउप्रान्त भद्रा, आनन्दादिमा श्रीवत्स योग,चन्द्रराशि– धनु, १९:५० बजेउप्रान्त मकर, सूर्योदय– ५ :१० बजे, सूर्यास्त– १९ :०० बजे र दिनमान ३४ घडी ३५ पला ।
आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आजको शुभ अंक १० रहेको छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –व्यापारमा भने कम मात्र फाइदा होला, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला,आजको शुभ अंक ५ रहेको छ ।
null
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –प्रेम र मित्रताको बन्धन कसिने बेला छ, काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन् । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,सजिलै काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ, काममा साथ दिनेहरू बढ्नेछन् । आजको शुभ अंक ८ रहेको छ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ, धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्, आजको शुभ अंक १० रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ । आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्, आजको शुभ अंक ९ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ, रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । काममा लगानी बढाउन सकिनेछ, पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ६ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । सजग रहनुहोला, लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आय आर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ,आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । केही चुनौतीहरू देखिनेछन्,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । आजको शुभ अंक ११ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ । पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । केही दण्ड जरिवाना पनि सम्भावना छ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । आजको शुभ अंक ४ रहेको छ ।








