१० वर्षीय बालिका बलात्कार गर्ने भोजबहादुर पक्राउ

मंसिर २०, बुटवल । गुल्मीमा १० वर्षीया एक बालिकालाई बलात्कार गर्ने  ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले बिहीबार १० वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बिहीबार विद्यालय जान हिँडेकी बालिकालाई सार्कीले चलाउँदै आएको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएका थिए । 

उनले अन्य बालबालिकालाई ओरालेको  र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका लागि ३० रुपैयाँ दिएका थिए । सार्कीलाई हिँजै प्रहरीले पक्राउ गरेको हो । उनलाई आज अदालतमा हाजिर गरिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =