आठ महिनापछि नेकपा संसदीय दलको कार्यालय एक ठाउँमा

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको आठ महिनापछि सो दलको संसदीय दलको कार्यालयको व्यवस्थापन एक ठाउँमा हुने भएको छ ।  

नेकपा बनेपछि पनि सिंहदरबारभित्र संसदीय दलको कार्यालय हालसम्म छुट्टा छुट्टै रहेका छन् । पूर्व एमाले र पूर्व माओवादीका संसदीय दलमा ती दलसँग आवद्ध सांसदहरूको कार्यालय यथावत रहेका छन् । 

ती सांसदहरूको सबै काम ती कार्यालयहरुबाट हुने गरेको छ । एउटै दलको संसदीय दलको कार्यालय दुईतिर हुँदा कर्मचारी पनि त्यहीअनुसार व्यवस्थापन गरिएका थिए ।   

null

नेकपाको बोर्ड लगाएर एउटै पार्टीका दुईतिर संसदीय दलको कार्यालय हुँदा काम गर्न समस्या हुने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । एक महिनाभित्र पूर्व एमालेको संसदीय दलमा नेकपाको संसदीय दलको कार्यालय व्यवस्थान गर्ने तयारी भइरहेको छ । 

पूर्व एमालेको संसदीय दलको कार्यालयमा कार्यरत कर्मचारी नारायणप्रसाद खनालले एक महिनाभित्र नेकपाको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =