आज पनि घट्यो सुनको भाउ, किन्ने होईन ?
२०७६ मंसिर २३ गते

मंसिर २३, काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन आईतबार प्रतितोला प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज तोलमा २ सय घटेर प्रतितोला ७१ हजार कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजाबी सुनमा पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला प्रतितोला ८ सय ३५ मा बिक्री बितरण भईरहेको छ ।
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








