सेञ्चुरी बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच सम्झौता

पुस ७, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पताल प्रा.लि. बीच बिभन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।   

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हाे । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा छुट पाउनेछन् । 

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =