युरोपेली च्याम्पियन्स लिगः एटलान्टाविरुद्ध म्यानचेस्टरको शानदार जित, रहिम स्टर्लिङको ह्याट्रिक

कात्तिक ६, काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत जारी खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब एटलान्टालाई भारी गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले एटलान्टालाई ५–१ गाले अन्तरले पराजित गरेको हो ।
खेलको २८ औँ मिनेटमा रुस्लान मालिनोभस्कीले पेनाल्टीमार्फत गोल गर्दै एटलान्टालाई अग्रता दिलाए पनि त्यो अग्रता भने लामो समय टिक्न सकेन । खेलको ३४औं मिनेटमा म्यान चेस्टरका तर्फबाट सर्जियो अगुएरोले गोल गर्दै खेललाई बराबरी बनाउन सफल भए ।
त्यसपछि ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अगुएरोले सीटीलाई अग्रता दिलाए । दोस्रो हाफको ५८ औं, ६४ औं र ६९ औं मिनेटमा रहिम स्टर्लिङले ह्याट्रिक गोल गर्दै सीटीलाई भारी गोल अन्तरले जित दिलाउन सफल भए ।
null
यो जितसँगै समूह सीमा रहेको म्यानचेस्टर सिटीले तीन खेलबाट नौ अंक जोड्न सफल भएको छ ।








