रिलायन्स फाइनान्सको ६.५८ प्रतिशत लाभांश पारित

फागुन १८, काठमाडौं । आक्रमक योजनाका साथ अगाडी आएको रिलायन्स फाइनान्सको लाभांश पारित भएको छ । रिलायन्स फाइनान्सको १० औं वार्षिक साधारण सभाले ६.५८ प्रतिशत लाभांश पारित गरेको हो ।   

संस्थाले चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको ६.५८ प्रतिशतले हुन आउने ५ करोड ४७ लाख ६४ हजार २१४.६७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । 

१० औं साधारण सभामा कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लीले प्रस्ताव गरेको लाभांश सर्वसम्मतले पारित भएको हो । अध्यक्ष मल्लीले फाइनान्सले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चुक्ता पुँजी पुरा गरेको जानकारी दिए । 

कम्पनीले मर्जर तथा प्राप्तिलाई प्राथमिकताका साथ लिएर अगाडी बढ्ने योजना बनाएको छ । रिलायन्स फाइनान्सले देशभर हाल १ वटा शाखा मार्फत कारोबार गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =