शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ र मच्छिन्द्र भिड्दै

पुस २१, काठमाडौं । घरेलु फुटबलको महत्वकांक्षी प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेलहरु सोमबार (आज) देखि सुरु हुँदैछ ।
झरीका कारण दुई दिन स्थगित भएको खेल दशथ रंगशालामा पुनः सुचारु हुन लागेको हो । लिग अन्तर्गत आज मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे मैदान उत्रन लागेका मच्छिन्द्र र मनाङ दुवै उपाधि होडसँगै प्रतिष्ठाको लडाइँमा पनि छन् ।
यसअघि दिउँसो १२ः०० बजे हुने पहिलो खेलमा एनआरटी र जाउलाखेल युथ क्लब भिड्नेछन् । जाउलाखेल एनआरटीलाई हराएर शीर्ष स्थानमा लम्कने योजनामा छ । अहिले जाउलाखेल आठ अंक सहित तालिकाको चौथो स्थानमा छ । एनआरटीको चार अंक छ ।

लिगमा १० अंक सहित शीर्ष स्थानमा रहेको मनाङलाई नौ अंक सहित दोस्रो स्थानमा रहेको मच्छिन्द्र बलियो टक्कर दिने तयारीमा छ । मनाङलाई हराएमा मच्छिन्द्रले शीर्ष स्थान ओगट्ने छ ।








