नागरिकताबारे गृहको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
२०७६ वैशाख २५ गते

बैशाख २४, काठमाडौं । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले ७७ वटै जिल्लामा गरेको पत्राचारको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि सर्वोच्चले एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुने निर्णय गरिएको थियो । त्यसलाई उल्ट्याएर बालकृष्ण न्यौपानेको रिटमा न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासले गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
null
उक्त इजलासले नागरिकताको विषयमा गम्भीर कानुनी प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश समेत जारी गरेको छ।
पूर्ण इजलासको आदेश नआउन्जेल गृहको परिपत्र कार्यान्वयनमा रोक लगाउने गरी आदेश आएको हो ।
२०७६ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








