सागमा एभरेष्ट कलेजकी सुस्मिताले नेपाललाई दिलाइन् स्वर्ण

मंसिर १७, काठमाडौं । एभरेष्ट कलेज थापाथलीकी विद्यार्थी सुस्मिता तामाङले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उसुको थाउलो तर्फ छाङछावानमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । 

आज विहान सम्पन्न खेलमा १९ वर्षिय सुस्मिताले श्रीलंकाली खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन् । एभरेष्ट कलेजमा विविएम प्रथम वर्षको तेस्रो सेमेस्टरमा अध्ययनरत सुस्मिता यस अघि सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी स्वर्ण विजेता पनि हुन् ।   

सागको आज भएको खेलमा उनले ९.४४ अंक हासिल गरिन् । उनीपछि श्रीलंकाली खेलाडी ८.८५ अंक हासिल गर्दै रजत पदक प्राप्त गरेकी थिइन् भने, बंगलादेशी खेलाडीले ७.५३ अंक प्राप्त गरी कास्यमा चित्त बुझाएका थिए ।   

चाँगुनारायण भक्तपुर घर भएकी सुस्मिता खेलमा जति पारंगत छिन् पढाइमा पनि राम्रो रहेको एभरेष्ट कलेजका सिइओ विष्णुहरि पाण्डेले बताए । उनले विविएमको प्रथम सेमेस्टरमा ३.६५ जिपिए ल्याएकी छिन् ।   

‘सुस्मिताले आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन्, १३ औं सागमा उनले पुनः स्वर्ण जितेर आफ्नो ट्यालेन्टलाई देखाइ दिइन्, हामी उनी प्रति गौरवान्तिक छौं ।’ पाण्डेले भने ।   

पाण्डेले कलेजले पढाइसँगै विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटनमा विशेष भूमिका निर्वाह गर्ने बताउँदै सुस्मिताको सफलतामा कलेज नै गौरवान्तिक भएको बताए । ‘पढाईसँगै विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटन गर्नका लागि अतिरिक्त कृयाकलापमा जोड दिएको खण्डमा विद्यार्थीको करियर उज्वल हुन्छ । कलेजले यो विषयमा विशेष ध्यान पुर्याएको छ ।’ उनले भने । 

कलेजमा प्लस टु सँगै विविए, विविएस, विविएम, विसिए, एमविएसको पढाइ हुने गर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =