४० हजार घुससहित सवइन्जिनियर पक्राउ
मकालु खबर
२०७६ फागुन १२ गते
काठमाडौं । ४० हजार घुससहित एक सवइन्जिनियर पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
रौनियारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट सो गाउँपालिका क्षेत्रमा खटाइएको थियो ।
null
रौनियारमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
मकालु खबर
२०७६ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित