एसईईको रिजल्ट १४ गते भित्र प्रकाशन हुने
२०७६ असार ११ गते

असार १०, काठमाडौँ । चैत १० गतेबाट सुरु भएकाे २०७५ सालको एसईई परीक्षाको रिजल्ट यसै साता भित्र प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिए अनुसार एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
null
यसपालीको एसईईमा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी जनाएका थिए भने त्यस मध्येबाट दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी रहेका थिए ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘१४ गतेभित्र निकाल्ने भन्ने छ । हामी तयारी गरिरहेका छौं ।’
२०७६ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








