इंग्लिस प्रिमियर लिगः साविक विजेता म्यानचेस्टर सिटी पराजित

भदौ २९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविक विजेता म्यान्चेस्टर सिटीलाई नर्विच सिटीले पराजित गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।   

नर्विचको जितका लागि केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले एक/एक गोल गरेका थिए ।  खेलको १८ औँ मिनेटमै नर्विच सिटीका तर्फबात १ गोल गर्दै म्याकलिनले टिमलाई अग्रता दिलाएका थिए ।   

त्यसैगरी दोस्रो गोल खेलको २८औं मिनेटमा क्यान्टवेलले गोल गरेपछि म्यान्चेस्टर सिटीविरुद्ध नर्विच सिटी २–० गोलले अघि रह्यो । खेलको ४५औं मिनेटमा भने म्यान्चेस्टर सटीकातर्फबाट अगुइरोले १ गोल गरेपछि म्यान्चेस्टरका पहिलो खाता खोलेको थियो । खेलको पहिलो हाफमा २–१ गोल कायम रह्यो । 

null

खेलको ५० औं मिनेटमा पुक्कीले नर्विच सिटीका लागि पुनः अर्को गोल थप्न भ्याए ।  योसँगै नर्विच सिटी म्यान्चेस्टर सिटीविरुद्ध ३–१ गोलले अघि रह्यो । खेलको ८८औं मिनेटमा रोड्रिगोले गोल गर्दै म्यान्चेस्टर सिटीलाई ३–२ गोलको स्थितिमा पुर्‍याए पनि जित दिलाउन भने सकेनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =