सगरमाथामा ४ शव फेला

बैशाख १५, काठमाडौँ । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथामा ४ वटा शव फेला परेको छ ।  

 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी अनुसार सगरमाथा सफाई अभियान अर्न्तगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा ४ वटा शब फेला पारेका हुन् । 

null

नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले बैशाख १ गतेबाट सुरु गरेको सगरमाथा सफाई अभियान हाल सगरमाथाको बेस क्याम्प पुगिसकेको छ । 

४५ दिन भित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने तारगेट राखेर शुरु गरिएको यस अभियानमा कार्य गर्नका लागि १२ जना व्यक्तिको समूह बनाइएकाे छ । यस सफाई अभियानमा लगभग करिव २ करोड ३२ लाख १६ हजार खर्चहुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हाल सम्म यस अभियानमा ३ हजार केजी फोहोर संकलन भएको र त्यसमा करिव १ हजार केजी फोहोर हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याई सकिएको नेपाल पर्यटन बोर्डले जाकारी गराएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =