हुम्ली जनता भोकै छन्, चामल बाटैमा हराउँछः सांसद शाही

 

जेठ ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लावासीको पीडा तथा समस्या संसदमा उठाएको छ । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा हुम्लाकी कांग्रेस सांसद रंगमती शाहीले हुम्लाका लागि पठाइएको चामल बाटोमै हराउने गरेको बताइन् । 

null

उनले भनिन्, ‘सरकारको नारा कोही भोकै नबस्ने रहेको छ । हुम्ली जनता भोकै छन्, चामल बाटैमा हराउँछ । हुम्लाका लागि जाने खाद्यान्न नेपालगञ्ज र सुर्खेतमा थुप्रिएर बसेको छ । सुर्खेतमा थन्किएको चामल हवाई माध्यमबाट छिटो ढुवानी होस ।’ 

पटक पटक सरकारको सुनुवाई गर्दा पनि सुनुवाई नभएको उनको गुनासो छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =