स्पार्क अस्पतालको चौथो वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिबिर र रक्तदान हुने

पौष ७, बिराटनगर । स्पार्क अस्पतालको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर साथै रक्तदान कार्यक्रम हुने भएको छ । स्पार्क अस्पताल बिराटनगर र सांग्रिला स्पोट्रीङ क्लबको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।   

स्पार्क अस्पतालले बिराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिइएको हो ।  यही पौष ९ गते कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, वाथ, युरिक एसिड बढी भएको, प्यारालाइसिस (लकवा ) र हाडजोर्नी र नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर  हुने र  १० गते रक्तदान कार्यक्रम हुने अस्पतालका प्रमुख रुपेश अधिकारीले जानकारी दिए ।   

उनका अनुसार काठमाण्डौका  नेपालको पहिलो राजिष्टर प्राकृतिक चिकित्सक डा. सुनिल कुमार पौडेलको नेतृत्वमा साथै स्पार्क अस्पतालको टोली र प्राविधिक सहयोगमा उक्त शिबिर हुने  बताए ।   

सोही कार्यक्रममा अस्पतालका वर्षकै उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।  उक्त अस्पतालमा बिगतका दिनहरु देखि नै पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य सेवा  साथै पत्रकारसँग आश्रित परिवारका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।   

बिरामीको अवस्था अनुसार छुट्टै प्याकेजमा सेवा   

स्पार्क अस्पतालले  बिरामीको अवस्था हेरेर छुट्टा छुट्टै प्याकेजमा स्वास्थ्य सेवा दिने व्यवस्था रहेको छ ।   जस अनुसार जेष्ठ नागरिकका लागि २५ प्रतिशत छुट रहेको  । दुर्गम गाँउबाट आउने बिरामीहरुका लागि २५ प्रतिशत छुट रहेको साथै जनआन्दोलन र अन्य आन्दोलनमा घाईते भएकाहरुका लागि २५ प्रतिशत नै छुटको व्यवस्था रहेको छ ।   

गुणस्तरीयताको आधारमा बिरामीहरुले सेवा लिन्छन्     

पछिल्लो समय प्राकृतिक पद्धतीबाट उपचार गर्ने अस्पतालहरु टोल, टोलमा खुल्न थालेको छ । यो आफैमा एउटा चुनौतीपूर्ण अवस्ता  भए पनि  गुणस्तरीयताको आधारमा बिरामीहरु चेक जाँचका लागि अस्पताल आउने  गरेको पौडेलले बताए । जति धेरै अस्पतालहरु खुल्छन् त्यस्मा प्रतिस्पर्धा बढ्नका साथै उपचारमा थप गुणस्तर बढने उनको भनाई छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =