आजको मौसम: मेघ गर्जन र हावाहुरीसहित वर्षा

काठमाडौं, २१ वैशाख । देशका अधिकांश स्थानको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रको मौसम दिनभर सामान्यतया बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । 

 

यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । यस्तै मध्य तथा पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ । 

null

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम दिनभरि जस्तो नै बदली हुने देखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =