अमेरिकाले पाकिस्तानलाई सोध्यो, भारतविरुद्ध एफ–१६ को प्रयोग त भएन ?

 

फागुन २०, काठमाडौँ । अमेरिकाले पाकिस्तानसँग भारतीय युद्धक विमान खसाल्न अमेरिकामा निर्मित एफ–१६ जेट विमानको प्रयोग भएको हो या होइन जवाफ मागेको छ । 

इस्लामवादमा अमेरिकी दूतावासले आइतबार यदि यस्तो भएमा यो वाशिंटन र पाकिस्तानको बीच एफ–१६ बिक्री सम्झौता उल्लंघन भएको बताएको छ । 

null

पाकिस्तानले भने भारतीय युद्धक विमान खसाल्न एफ–१६ प्रयोग नगरेको दाबी गरेको छ । इस्लामवादले यो आत्मरक्षाका लागि एक प्रयास मात्रै भएको बताएको छ । 

अमेरिकी दूतावासका प्रवक्ताले रोयटर्सलाई भने, ‘हामी उक्त रिपोर्टबारे अवगत छौँ । यसबारे अध्यधिक जानकारी मागिएको छ । हामीले रक्षा लेखको दुरुपयोगको सबै आरोप निकै गम्भीरतापूर्वक लिएका छौँ ।’ 

अमेरिकाले निर्यात गरेको सैन्य हार्डवेयरको उपयोग सम्झौता अनुसार नै प्रयोग गर्नुपर्ने हुन्छ । 

यो भन्दा पहिले भारतले एफ–१६ विमानबाट निकालिएको मिसाइल अमेरिकी वार्ताकारहरुसँग सार्वजनिक गरेको थियो । भारतले बिहीबार एक फायर गरिएको एएमआरएएएम मिसाइलको केही हिस्सा पेश गरेको थियो जुन, केवल एफ–१६ विमानबाट मात्रै निकाल्न सकिन्छ । 

इण्डियन एक्सप्रेसको रिपोर्ट अनुसार एक बयानमा भनिएको छ कि, ‘यसको पर्याप्त प्रमाण छ । यस मिसनमा एफ–१६ को प्रयोग गरिएको थियो । र पाकिस्तान यस तथ्यलाई लुकाउने कोशिस गरिरहेको छ । यसबाहेक AMRAAM मिसाइल को केही हिस्सा, जुन केवल PA-16 मा F-16 मा मात्र गरिन्छ । राजुरी को पूर्वमा भारतीय क्षेत्रभित्र याे बरामद गरिएको थियो ।  

स्रोत अनुसार अनुबन्धको विवरण र मिसाइलको हिस्साले अमेरिकाको हवाई हमलामा एफ–१६ उपयोग भएको दर्शाउँछ । जसलाई अमेरिकाले पाकिस्तालाई लडाकु जेट बचेको थियो । यसलाई आपत्तिजनक भूमिकामा प्रयोग गर्न अनुमति दिइँदैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =