बुढानीलकण्ठ कार दुर्घटनाका चालक मल्ललाई जेल चलान

पुस २४, काठमाडौँ । बुढानीलकण्ठमा भएको कार दुर्घटनाका चालक पृथ्वी मल्ललाई जेल चलान गरिएको छ ।   

उलाई जिल्ला अदालत, काठमाडौंले सवारी ज्यान सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि डिल्लीबजार कारागार चलान गरिएको हो । 

चार जना सवार बा १४ च ६१२३ नम्बर रहेको उनको  कारको ठक्करको बाट मंसिरमा २८ गते सडकमा हिडिँरहेकी विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।   

उक्त कारमा मल्लसँगै करिश मास्के, एलिना थापा र मोडल तथा नायिका परमिता राणा सवार थिए । तीन जनाको नाम पहिले नै सार्वजनिक भएपनी नायिका परमिताको नाम भने बुधबार मात्रै सार्वजनिक भएको हो । 

सामाजिक संजालमा तेस्रो व्यक्ति परमिता नै रहेको चर्चा भएपछी उनले आफै आफै बल्ल यस घटनाबारे बोल्न हिम्मत जुटाएको भन्दै सामाजिक संजाल मार्फत आफ्नो नाम आफैले सार्वजनिक गरेकी थिईन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =