नेपालले चीनलाई ५ रनले हरायो

फागुन १३, काठमाडौँ । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० क्रिकेटमा नेपालले चौँथो जित हात पारेको छ ।सोमबार भएको खेलमा चीन ५ रनले पराजित भएपछि नेपालले जित हात पारेको हो ।
नेपालले दिएको ७७ रनको लक्ष्य पछ्याएको चीनले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन मात्रै बनाउन सक्यो ।
null
चिनका लागि कैयुन झौले १८ रन जोड्दा झाङ मेईले ३३ रन बनाइन्। झौ र मेईबीच चौथो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।
नेपालकी बलर करुणा भन्डारीले चार ओभरमा ८ रन खर्चिइन् भने सिता रानामगरले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट हात पारिन्।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि ओपनर सिता राना मगरले ११ रन जोडिन् भने अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् । यस्तै विन्दु रावल १० रनमा तथा इन्दु बर्मा आठ रनमा पेभेलियन फर्किए भने अप्सरा ३ रन, रुविना ५ रन र सरिता मगरले ६ रन जोडिन् ।
जितसंगै नेपालले ५ बाट ८ अंक जोडेको छ । चार खेलमा तीन खेल जितेको नेपालले आज जित निकालेसँगै विश्वकप खेल्ने सपना जिवितै राखेको छ ।
अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसंग पराजित भएको थियो ।
नेपालले फेब्रुअरी २७ मा कुबेतसँग अन्तिम खेल खेल्नेछ ।








