महिला जेलमा पुरुष कैदी

बैतडी । देशका जुनसुकै कारागारमा पनि थुनुवा र कैदी क्षमता भन्दा बढी नै हुने गरेका छन् । बैतडीमा भने महिला कैदी राख्ने गृह र कैदी बोक्ने गाडी नहुँदा समस्या भएको छ । २०४० सालमा स्थापना भएको कारागारमा १५ पुरुष र १० महिला राख्ने क्षमता छ । जसमा अहिले पुरुष कैदी र थुनुवा नै क्षमता भन्दा दोब्बर भएका कारण महिला थुन्ने ठाउँमा पनि पुरुषलाई राखिएको छ । 

महिला थुनुवा र कैदीलाई राख्न छुट्टै सेल नहुँदा समस्या भएकोे कारागार बैतडीका निमित्त जेलर अनिल तिवारीले जानकारी दिए । अहिले कारागारमा ४० जना कैदी र १५ जना थुनुवा रहेका छन् । महिला राख्ने कोठा नभएर साह्रै समस्या हुने गरेको जेलर तिवारीले बताए । 

त्यस्तै, कारागार जाने बाटो पनि छैन् । कारागारदेखि अदालत, जिल्ला प्रशासन र अस्पाताल तीन÷चार किलोमिटरको दूरीमा छ । कारागारमा खानेपानी र विद्युतको पनि समस्या रहेको छ । अर्काको घरको मिटरबाट पानीको मोटर जोडेको हुँदा समस्या हुने गर्दछ । कैदीहरूलाई अदालत र अस्पताल लानु पर्दा अर्काको निजी गाडी प्रयोग गर्नु पर्ने हुन्छ भने या त हिँडाएर लानु पर्ने हुँदा साह्रै समस्या भएको जेलर तिवारीको भनाई छ । 

null

केन्द्रिय कारागार व्यवस्थापन कार्यालयले महिला बन्दी गृह र बाटोे निर्माणका लागि ईष्टमेट मागे पनि अहिलेसम्म कुनै सुनुवाई नगरेको जिल्ला कारागारले जनाएको छ । यदी कारागारमा महिला बन्दी गृह र गाडीको व्यवस्था भए वार्षिक १५ देखि २० लाखसम्म बचत हुने अनुमान कारागारको रहेको छ । 

अरु सरकारी कार्यालयमा नयाँ गाडी खरिद गरि पुराना गाडी त्यतिकै थनक्याएर राखेका छन् । केहि राखेका पुराना गाडी त काम नलाग्ने पनि भईसकेका छन् । यी पुराना गाडी पनि कारागारलाई मर्मत गर्न लगाएर चलाउन दिएको भए पनि नेपाल सरकारको बजेटमा केही बचत आउने देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =