राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

 

पुस २४, काठमाडौँ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । 

मानव तस्करीको आरोप लागेकी शेर्पाले मंगलबार परराष्ट्र मन्त्रालयमै भेटेर राजीनामा दिएको स्रोतले बताएको छ । 

null

सोमबारको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यममा समाचार प्रशारण भएको थियो । तर यसको खण्डन गर्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सोमबार शेर्पालाई सरकारी निवास बालुवाटारमा बोलाएर राजीनामा दिन सुझाव दिएको बताएका थिए । 

परराष्ट्र मन्त्रालयले बुझाएको प्रतिवेदनका आधारमा शेर्पाले राजिनामा दिएको बुझिएको छ । 

पूर्वचालक वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी थिइन् । उनको राजिनामा समेत माग गरिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो । 

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। 

तर राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् ।परराष्ट्रको ठहरपछि शेर्पाले मंगलबार राजीनामा दिएकी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =