युरो कप छनोट खेलमा फिनल्याण्डविरुद्ध इटलीको जित, २–१ गोलको अन्तर

भदौ २३, काठमाडौँ । युरो कप छनोट अन्तरगत जारी खेलमा इटलीले फिनल्याण्डलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा इटलीले फिनल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेल निक्कै प्रतिस्पर्धी थियो । खेलको पहिलो हाफ गोलरहित बराबरी हुन पुगेको थियो भने दोस्रो हाफमा इटालीले २ गोल र फिनल्याण्डले १ गोल गर्न सफल भए । खेलको ५९ औं मिनेटमा इमोबीलले गोल गर्दै इटलीलाई अग्रता दिलाएका पनि ७२ औं मिनेटमा फिनल्याण्डले पाएको पेनाल्टीको अवसर सदुपयोग गरी पुकीले गोल गर्दै खेल बराबरीमा कायम राखे ।
पुनः ७९ औं मिनेटमा इटलीले गोल गर्ने मौका पायो । इटलीका लागि पेनाल्टीमार्फत र्जोगिन्होले अर्को गोल गरे । यो नै उसको निर्णायक गोल पनि बन्न पुग्यो । किन भने त्यसपछि फिनल्याण्डले कुनै पनि गोल गर्न सकेन । इटलीले जितसँगै तीन अंक बनायो । इटलीले ६ खेलमा ६ जितका साथ १८ अंक बनाएको छ ।
null








