ट्रक र अटो एकआपसमा ठोक्किँयो, दुई जनाको घटनास्थलमै मृत्यु

मंसिर ३०, धनकुटा । छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।  

सिधुवा प्रहरी चौकीका ट्राफिक प्रहरीका अनुसार ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको छ ।   

वसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रकले र हिलेबाट जोरपाटी बजारतर्फ आउँदै गरेको को २ ह ६६११ नम्बरको अटोलाई आइतबार दिउँसो १२ ठक्कर दिएको थियो ।   

null

घटनालगत्तै ट्रक र ट्रक चालकलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्त, स्थानीयवासी र अटो चालकहरुले जक्का जाम गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =