टी–१० क्रिकेट लिगः सन्दीप लामिछानेको टिम टसकर्सको विजयी सुरुवात, सन्दीपले लिए १ विकेट

मंसिर १, एजेन्सी । यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स दिल्ली बुल्सलाई पराजित गर्दै विजयी भएको छ । कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोडेको बुल्सका लागि एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाएका थिए ।   

टी– १० को पहिलो खेलमै टिममा परेका नपाली क्रिकेटर सन्दीपले दिल्ली बुल्सविरुद्ध आफ्नो पहिलो ओभरमै विकेट लिन सफल भएका थिए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई ८ रन बनाएपछि सन्दीपले आउट गरिदिएका थिए ।   

टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे । टस हारेर पहिला ब्याटिङ सुरु गरको कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो । 

Image result for Sandeep in ground

कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन बनाउँदा शफीकुल्ला शफीकले ३४ रन बनाए ।दिल्लीका लागि रवि रामपौलले दुई तथा  डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =